३० जेठ, काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
राष्ट्रियसभाको आजको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री अधिकारीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा सैवैधानिक परिषद्सम्वन्धी विधेयक ल्याउनु परेको बताए ।
सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ ।