३० जेठ, काठमाडौँ । आज प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने बेल घेराउ गरेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा नाराबाजी गर्दै बेल घेराउ गरेका हुन्।
उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, मानव तस्करलाई कारबाही गर भन्दै बेल घेराउ गरेका छन्।
आज मात्रै काँग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए। तर रास्वपाले भने सत्ता र प्रमुख प्रतिपक्षबिच भएको दुई बुँदे सहमतिलाई अस्वीकार गरेको छ।