राजनीति

सभापति देखि सबै पदाधिकारी मिलेर महाधिवेशन सार्छु भने पनि त्यो सम्भव छैन: महामन्त्री थापा 

३१ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरेका छन् । उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन कार्यकर्तालाई आग्रह गरेका हुन्। 

महामन्त्री थापाले  ०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरे। नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा थापाले महाधिवेशनको लास्ट डेट भनेको ०८३ को मङ्सिर  भएको बताएका हुन् ।

उनले ०८४ सालको आम निर्वाचनपछि महाधिवेशन हुन्छ  भनेर कोही पनि भ्रममा नपर्न आग्रह गरे। थापाले पार्टीको महाधिवेशन सार्न सम्भव नभएको दाबी  गरे। सभापति शेरबहादुर देउवादेखि अहिलेका भूतपूर्व पदाधिकारीहरू सबै  मिलेर अधिवेशन सार्छु भने पनि त्यो अदालतले नदिने बताए।  महामन्त्री थापाले महाधिवेशन सार्नलाई नयाँ नाम फेरे मात्रै पाइने बताएका हुन्।