समाचार

त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लाग्यो ताला (यस्तो छ कारण)

३१ जेठ, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लागेको छ। आंशिक प्राध्यापक सङ्घले ६ बुँदे माग राखेर ताला लगाएको बताएको छ।

सङ्घले त्रिविले अनुसन्धानात्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा ताला लगाएको विज्ञप्ति मार्फत उल्लेख गरेको छ। उसले आफ्ना नातागोता र आफन्तलाई उपप्राध्यापक बनाएर  भित्राउने नियोजित षड्यन्त्र को घोर भर्त्सना गर्दछौ भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ। 

त्रिभुवन विश्वविद्यालयले सीमित सिट सङ्ख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरबन्दी आउने ६ महिना भित्र सेवा निवृत्त हुने शिक्षकहरूको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको रहेको छ ।