३१ जेठ, काठमाडौँ । काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रो बस नागढुंगामा दुर्घटनामा परेको छ ।
१९ जना सवार बा ३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको हो।
घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि लगिएको बताइएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।