१ असार, काठमाडौँ ।सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। आज सिंहदरबारमा संसद्मा सहभागी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद् बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सत्ता साझेदार दलसँग दुई बुँदे सहमति गरे पनि रास्वपाले भने अवरुद्ध गरिरहेको छ। सोही विषयमा र संसद्का आगामी क्यालेन्डरका विषयमा छलफल गर्न बैठक बसेको हो।
जेठ १३ गतेदेखि अवरुद्ध भएको कारण संसद्मा बजेट माथि छलफल हुन सकेको छैन। जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका बैठक अवरुद्ध हुँदै आएका थिए।