१ असार, काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। उनीहरूबिच अवरोध हुँदै आएको सदन खुलाउने बारे छलफल भएको बताइएको छ।
सभामुखकै कार्यकक्षमा छलफल भएको हो। सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि सभामुखले संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन टेलिफोन गरेर छलफल गरेका हुन्।
भेटमा सभामुखले सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेको बताइएको छ। रास्वपाले भने भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म आफ्नो दलको अवरोध जारी रहने बताएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदन खुलाउन सत्ता पक्षसँग दुई बूँदे सहमति गरेपछि रास्वपा एक्लैले सदन अवरोध गर्दै आएको छ। उसले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु पर्ने र उच्च स्तरीय छानबिन समिति गठन हुनु पर्ने भन्दै सुरु देखि नै विरोध गर्दै आएको छ।