समाचार

संसद् बैठक सुरु, रास्वपाको नाराबाजी कायमै 

 १ असार, काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नाराबाजी यथावत् रहेको छ । सभामुखले बैठक सुरु भएको जानकारी गराउने साथ नाराबाजीमा उत्रेको रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका हुन्। 

अन्य दलका सांसदहरूले आकस्मिक समयमा आफ्नो धारणा राखिरहेका छन्।  रास्वपाले भने शून्य समयमा भाग नलिएर नाराबाजीमा उत्रेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने आजको बैठकमा पनि विरोध जनाएन। शुक्रबारको बैठकदेखि माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र उनको राजीनामा माग्न छोडेको हो।