१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकाधिक धार्मिक पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवद्र्धन अपरिहार्य भएको बताएका छन् ।
बौद्धनाथ क्षेत्र विकास समितिले ‘हिमाली बौद्ध धर्म र परम्परा’ शीर्षकमा आज आयोजना गरेको पाँचदिने प्रशिक्षणमा उनले बुद्ध र वेदभूमि हाम्रो देश समान धार्मिक विश्वासका कारण दुवै राष्ट्रका निम्ति आस्थाका केन्द्र भएका बताए ।
मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै उनले धर्मसंस्कृतिको प्रवरद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए।