१ असार, काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै नैतिकता नभएको बताएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले काँग्रेसलाई नैतिकताको पाठ सिकाउने रास्वपाले पहिला आफ्नो सभापति रबी लामिछानेलाई कुन नैतिकताको आधारमा सभापतिमै कायम राखेको छ ? भन्दै प्रश्न गरेका हुन्।
प्रमुख सचेतक घिमिरेले रास्वपाका सभापति पाँच/पाँच वटा अदालतमा सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका हुन्।
रास्वपाले सभापति लामिछानेलाई संसदीय दलको नेता र पार्टी सभापतिमा यथावतै राखेको छ। सोही विषयमा घिमिरेले प्रश्न गरेका हुन् । उनले गृहमन्त्रीको राजीनामा मागेर काँग्रेसलाई नैतिकता प्रश्न नगर्न आग्रह समेत गरे।