१ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसद् बैठक सहमति गरेर सञ्चालन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सदनमा नाराबाजी गरिरहँदा पनि बैठक सञ्चालन भएको भन्दै एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो आग्रह गरेका हुन्।
उनले प्रतिपक्षी दलहरूको विरोधकाबिच संसद् बैठक सञ्चालन भइरहँदा महत्त्वपूर्ण विषयमा भइरहेको छलफल प्रभावित भएको बताए।
उनले नाराबाजीकै बिच बैठक चलाउँदा छलफलमा उठेका विषयमा नसुनेको भन्दै सौहार्दपूर्ण वातावरण बनाउन भनेका हुन्। उनले नाराबाजीको अवस्थामा मन्त्रीले भनेको कुरा आफूहरूले नसुने समेत बताए।