२ असार, काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आफूहरू रत्नपार्कमा छौँ कि पोखराको चिप्लेढुङ्गामा छौँ भन्ने थाहै नपाएको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले रास्वपा सांसदहरूले नाराबाजी गर्दै गरेको समयमा संसद् मर्यादित नभएको बताएका हुन्।
उनले हामी रत्नपार्कमा छौँ कि शहीद गेटमा छौँ कि, कलङ्कीमा छौँ कि पोखरा चिप्लेढुङ्गामा छौँ, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ भनेपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र बस्न आग्रह गरेका थिए।
सांसद थापाले अझै अगाडी बोलिरहे र भने,’माननीय सदस्यहरूका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरू भेट्न पाइरहेका छैनन् ’ भन्दै रास्वपाका सांसदहरूलाई ब्याङे गरेका थिए। उक्त समयमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत रोस्टममा बोलिरहेका थिए।