२ असार, काठमाडौँ । आज बिहान फेसबुकमा अलबिदा लेखेर बेपत्ता डाक्टर केशव श्रेष्ठ फेला परेका छन्। उनले ‘अलबिदा’ भन्दै लामो स्टाटस लेखेर हराएका थिए।
उनले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको भन्दै परिवारसँग माफी माग्दै आफू हराएको बताएका थिए। मोबाइल स्विच अफ गरेर हराएका उनलाई प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरीसहित विभिन्न कार्यालयले खोजी गरेपछि उनी तार्केश्वर नगरपालिका- ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन्।
उनलाई प्रहरीले काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याएको छ। उनी रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट हुन्। उनले आफूलाई काम गर्न नदिएको र विभिन्न आरोप लगाएको भन्दै यस्तो कदम चालेको बताएका थिए।