समाचार

उच्च अदालत पाटनको आदेश: पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु !

२ असार, काठमाडौं। पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश गरेको छ। उनलाई पक्राउ नगर्न न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो। यही घटनालाई लिएर उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।

न्यायाधीश भण्डारीको एकल इजलासले छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।