२ असार, काठमाडौं। तिनकुने प्रकरणमा संलग्न भएको आरोप खेपेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई ३ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राप्रपाका सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो। उनी आजै अदालत हाजिर भएका थिए। सोही घटनाका मुख्य नाइके भनिएका दुर्गा प्रसाईंलगायत ७ जना कारागार चलान भइसकेका छन्।