३ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्री गर्ने भएको छ । ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर ३५ दिनको अवधी राखेर बिक्रीमा राखेको हो।
राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्।
तोकिएको म्यादभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिन आग्रह अरिएको छ ।
तोकिएको म्यादभित्र शेयर खरीद बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।