३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्। आज चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग यस्तो बाध्यता रहेको बताएका हुन् ।
उनले संविधान र ऐन कानुनका कारण प्रमुख प्रतिपक्ष भएर पनि सत्ता पक्ष जस्तो बन्नु परेको बताएका हुन् ।
आफूहरु अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर भएका कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता आइपरेको अध्यक्ष दाहालको भनाई थियो ।
भिजिट भिसा प्रकरणमा माओवादीले गएको शुक्रबार दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको थियाे। तर, यही प्रकरणमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने अझै संसद् अवरुद्ध जारी राखेका छन्। दुई बुँदे सहमति गरेर संसद् खुलाउन माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेकोअध्यक्ष दाहालको दाबी छ ।