समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो: एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक हुन्छ  

३ असार, काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साता सार्वजनिक हुने भएको छ  ।  राष्ट्रिय परीक्षा बोर्डले असार ७ गते सार्वजनिक गर्ने भनिएको नतिजा शिक्षक आन्दोलनका कारण दुई हप्ता पर सरेको हो  ।

 २९ दिन लामो शिक्षक आन्दोलनले उत्तरपुस्तिका जाँचमा ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसइई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो भने नतिजा अनि असार ७ गते नै सार्वजनिक गर्ने बोर्डको तयारी थियो। एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।