३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजी कार्ड जारी गर्दै आएको स्मार्ट च्वाइस टेक्नोलोजी कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ ।
समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी कार्डबाट पोस्ट मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।एससीटी युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।