समाचार

प्रतिनिधिसभा बैठक आधा घन्टाको लागि स्थगित

३ असार, काठमाडौं। प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका थिए।

सभामुख घिमिरेले  रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । लगत्तै  रास्वपाले नाराबाजी सुरु गरेपछि सभामुख घिमिरेले आधा घण्टाको लागि बैठक  स्थगित गरेका हुन् ।