३ असार, काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बिहान साढे ८ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।
बैठकमा भ्रातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ।
