समाचार

आफ्नो निलम्बनविरुद्ध उच्च अदालत पुगे नगर प्रहरी प्रमुख पाण्डे

३ असार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका  निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको निर्णयविरुद्ध उनी अदालत पुगेका हुन् । 

 आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईँको निर्णयविरुद्ध पाण्डे अदालतमा दिएको रिट माथि भोली बुधवार सुनुवाइ हुने बताइएको छ .

पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले गत चैत २१ गते गुरागाईँ कार्यालयमा हाजिर हुन जाँदा  अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो।   उनलाई  छानबिन गर्न  प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति गठन भएर अध्ययन समेत गरिरहेको छ।