समाचार

पर्सी बस्ने गरी संसद् बैठक सूचना टाँस गरेर स्थगित 

३ असार, काठमाडौँ। आधा घण्टाको लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक  सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो। 

रास्वपाले उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पनि बैठक बस्दै नबसी पर्सि सम्मलाई स्थगित भएको हो। 

रास्वपा र राप्रपाले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्  ।