३ असार, काठमाडौँ। तीनकुने घटनामा संलग्न भएको आरोप लामो लामो समय हिरासत बसेर रिहा भएका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आजै अदालत हाजिर भएका मिश्रलाई काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
हिजो सोमबार मात्रै अदालत हाजिर भएका राप्रपा महामन्त्री धवलशम्सेर राणालाई पनि ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँ भने जेल चलान भइसकेका छन् ।