४ असार, काठमाडौँ। सहकारी ठगीमा मुछिएर कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइने भएको छ। उनलाई रेड कर्नर नोटिसका आधारमा कम्बोडियामा पक्राउ गरिएको थियो।
ललितपुरको महालक्ष्मी नगरपालिकाको मितेरी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि उनी भागेका थिए। उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको छ भने आज बिहान भण्डारीलाई काठमाडौँ ल्याइने भएको हो।