४ असार, काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सर्वसाधारणको ज्यान गएको र घाइते भएको निन्दा गरेको छ । उनले खाना खोज्दा फेरि गोली हानेर मारिएकोमा जोड दिँदै यो ‘अस्वीकार्य’ भएको बताए।
महासचिवका लागि उप प्रवक्ता फरहान हकले महासचिवले यी सबै रिपोर्टको तत्काल र स्वतन्त्र अनुसन्धान र जवाफदेहिताका लागि आह्वान गरिरहेको बताए ।
आफ्नो दैनिक पत्रकार सम्मेलनमा हकले गाजामा प्यालेस्टिनी जनसङ्ख्याको आधारभूत आवश्यकताहरू अपार भएको तर अझै पनि पूरा नभएको बताए। उनले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आवश्यक पर्ने सबै नागरिकलाई मानवीय राहत प्रदान गर्न र सुविधा प्रदान गर्न इजरायलको स्पष्ट दायित्व रहेको उल्लेख गरे ।
उनले तत्काल, व्यापक र निर्बाध मानवीय पहुँच पुनःस्थापना गर्नुपर्ने कुरामा पनि जोड दिए। संयुक्त राष्ट्रसङ्घ र सबै मानवीय अभिनेताहरूलाई सुरक्षित रूपमा र मानवीय सिद्धान्तहरूको पूर्ण सम्मानमा काम गर्न अनुमति दिन आवश्यक रहेको कुरामा समेत उनको जोड थियो ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले मङ्गलबार स्वास्थ्य साझेदारहरूले दक्षिणी गाजाको खान युनिसमा सहायताको प्रतीक्षामा रहेका ६० जनाबढी व्यक्ति शहीद भएको र दुई सय ८० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।