४ असार, काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो। उनीहरूले निलम्बनको उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न भनेको हो। पाण्डेले जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए भने उक्त निर्णयका विरुद्ध पाण्डे उच्च अदालत पुगेका थिए।