समाचार

संसद् खुलाउन सभामुखले सुरु गरे पाँच दलका प्रमुख सचेतकसँग छलफल

५ असार, काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि पाँच दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन्। 

आज सभामुखको कार्यकक्षमा सभामुख घिमिरे, प्रमुख सचेतक र सचेतकहरूबिच छलफल गरिरहेका हुन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। 

छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेस सचेतक सुशीला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र  कानुनमन्त्री अजय चौरासिया सहभागी छन्।