समाचार

सभामुखले पेलेरै चलाए संसद्, रास्वपाको अवरोध र राप्रपाको बहिस्कार यथावत् 

५ असार, काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा आज पनि अवारोधकाबिच पेलेरै सञ्चालन गरेका छन्।  रास्वपा र राप्रपाले अवरोध गरे पनि सुन्दै नसुनी बैठक सुरु गरेका हुन्। 

बैठक हुने बित्तिकै रास्वपाका हरि ढकाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेर अवरोध कायमै रहेको बताएका थिए। 

अहिले रास्वपा सांसदहरूले यसअघि झैँ वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन्। 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत जेठ १३ गतेदेखि राप्रपा र रास्वपाले संसद् बैठक अवरोध गरिरहेको छ।  राप्रपाले संसद् बैठक बहिस्कार गरेको छ।