५ असार, काठमाडौँ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तक च्यातिएको छ। नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका हुन्।
आक्रोशित हुँदै सांसद थापाले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए। उनले जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायी हुनु पर्ने तर नभएको र आफ़ुलाई मन नपरेको भन्दै सभामुखको अनुमति लिएर च्यातेको बताए।
प्रतिपक्षीमा रहेको उनको दल एकीकृत समाजवादी पार्टीले सरकारले ल्याएको बजेटको विरोध गर्दै आएको छ।