५ असार, काठमाडौँ। आज बस्ने भनिएको शीर्ष नेताको बैठक स्थगित भएको छ। सिंहदरबारमा दिउँसो २ बजेका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ढिला आउने भएपछि स्थगित भएको हो।
बैठक प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालबिच हुने भनिएको थियो। उक्त बैठक हिजो बस्ने भनिए पनि अध्यक्ष दाहाल उपत्यका बाहिर भएकाले बस्न सको थिएन।
दाहाल काठमाडौँ आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेको बताइएको छ।