५ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह वडा अध्यक्षलाई दिएको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । उनले वडा अध्यक्षहरूको जिम्मेवारी खोसे पछि विवाद बढेको थियो। उनले उक्त निर्णय जेठ १ गते गरेका थिए।
मेयर बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेर उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, काँग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक तोकेका थिए ।
त्यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजकमा काँग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक बनेका थिए ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृतको विवादले उपमेयर सुनिता डंगोल र वडा अध्यक्षहरू सँग मेयर बालेन को विवाद चुलिएको थियो।