समाचार

अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जन सर्वोच्च अदालत तानिए

५ जेठ, काठमाडौँ । जिउँदै मान्छेलाई इँटा भट्टामा जलाएको आरोपमा जेलमा रहेका नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्। उनीहरूलाई आज न्याय परिषद्‌मा तानिएको हो। 

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा तानिएको हो। 

उनीहरूलाई फैसलाका कारण सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएको बुझिएको छ। न्यायाधीश थारु र महर्जन विरुद्ध न्याय परिषद्‌मा पीडित परिवारले केही दिनअघि उजुरी दिएका छन्।  उनीहरूमाथि  केही दिन अदालत परिसरमै मोसोसमेत दलिएको थियो।