५ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका युवानेता तथा राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले नेपाली काँग्रेसलाई नैतिकताको पाठ सिकाउने रास्वपालाई उल्टै नैतिकताको पाठ पढाउनु पर्ने बताएका छन्। उनले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग्न नैतिकताले नदिने जिकिर गरे।
नेता बस्नेतले जुन पार्टीको सभापति जेलमा छ तर संसदीय दलको नेता पनि रहने,पार्टीको सभापति पनि छोड्न नहुने यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गरेका थिए।
बैठकमा सम्बोधन गर्दै नेता बस्नेतले नेपालमा राजा फर्किन नसक्ने दाबी गरे। उनले विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरू चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला भन्दै राजाहरूले मूर्ति तस्कर गर्छन् भन्ने कुरा प्रति लक्षित गर्दै आफ्नो भनाई राखेका थिए।
उनले राजसंस्था हामी आफैले फालेको र गणतन्त्र पनि हामीले नै ल्याएको भन्दै अब तासको ४ वटा पत्तामा मात्रै राजा रहने टिप्पणी गरेका थिए। उनले पुर्वपन्चहरुको महल देख्दा राजावादीहरूको सम्पत्ति छानबिन गर्नु पर्ने धारणा राखे। रास्वपाका सभापति रवि लामिछानेले बैध रुपमा नै ३ वटी श्रीमती ल्याएका छन्, उनले नैतिकताको पाठ सिकाउन मिल्छ भन्ने प्रश्न नेपाल तरुण दलका पूर्व अध्यक्षसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा साँसद जितजंग बस्नेतले प्रश्न गरेका छन् ।