५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमन्ट सर्भिसेज प्रा.लि.ले पाएको भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरेको छ। बैङ्कले एक सूचना जारी गर्दै उक्त खारेजीको जानकारी गराएको हो।
बैङ्कको सञ्चालन समितिको आज असार ५ गतेको निर्णय अनुसार भुक्ता तथा फस्योर्ट ऐन २०७५ को दफा ३५ उपदफा (१) को खण्ड (च) को व्यवस्था अनुसार ती संस्थाहरूको अनुमति पत्र खारेज गरेको जनाएको हो।
