राजनीति

दुई पटक स्थगित भएको देउवा, ओली र दाहालको बैठक आज 

६ असार, काठमाडौँ। दुई पटक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिचको बैठक आज हुने भएको छ। यस अघि बैठक दुई पटक स्थगित भएको थियो। 

बैठकका लागि आज २ बजेका लागि तेस्रो पटक समय तोकिएको हो।  यसअघि बुधवार र हिजो बिहीबार हुने भनिएको छलफल पनि अध्यक्ष दाहाल काठमाडौँ उपत्यका बाहिर रहेकाले स्थगित भएको थियो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन शीर्ष नेताहरूको बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तय भएको हो।