६ असार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पनि संसद् बैठकमा विरोध जनाएको छ। रास्वपाका सबै सांसदहरूले कालो पहिरन र निलो रिबन बाँधेर बैठकमा उपस्थित भएका थिए।
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा सांसदहरू आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरे भने लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए।
रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने उनीहरूको माग यथावतै रहेको छ।