समाचार

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा

६ असार, काठमाडौं। सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा प्रारम्भ भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल सहभागी छन् । त्यस्तै मा‌ओवादीका तर्फबाट वर्षमान पुन सहभागी छन्। छलफलमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र खिमलाल देवकोटा पनि सहभागी छन्। कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक सहभागी छन्। 

यस अघि दुई पटक स्थगित भएको बैठक आजको लागि तय गरिएको थियो।