६ असार, काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करीको आरोप लागेकी अमला रोकालाई पक्राउ गरेको छ। उनलाई आज काठमाडौँबाट पक्राउ नियन्त्रणमा लिएको हो।
उनी बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् भने सुन तस्करी गरेको आरोपमा रोकालाई प्रहरीले उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा नोटिस समेत जारी गरेको थियो।
रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके दावा पक्राउ परेपछि उनी फरार भएकी थिइन्। रोका माओवादी नेताहरुसँग निकट मानिन्छिन्। उनी माओवादी रोल्पा-काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष समेत हुन्।