समाचार

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशत छुट

६ असार, काठमाडौं। आईएम ई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको छ जसअन्तर्गत क्यबिन बेड मा ५०प्रतिशत, जनरल बेडमा ३०प्रतिशत र हस्पिटलका अन्य सेवामा २०प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन ।

साथै, हेल्थ चेकअप प्याकेजमा ४०प्रतिशतको विषेश सहुलियत दिने भएको छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारि र स्तरिय बनाउदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।