समाचार

नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर 

६ असार, काठमाडौँ।  विशेष अदालतले भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।  

बस्नेतविरुद्ध २०८१ पुस १४ गते मुद्दा दायर भएको थियो।  उक्त मुद्दामा विशेष अदालतले फैसला गरेको हो।  उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित अदालतले सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर गरेको छ। 

बस्नेतको  १३ करोड १२ लाख रुपैयाँ अवैध सम्पत्तिलाई वैध गरेको समेत अदालतले भनेको छ। उनलाई दिने सजायको बारे अदालतले असार १६  फैसला गर्ने बताइएको हो।