राजनीति

रास्वपाको महामन्त्री बने बुर्लाकोटी, प्रवक्तामा झा

७ असार, काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी स्थापनाको दिन पारेर पार्टीको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र  प्रवक्तामा मनीष झालाई नियुक्त गरेको छ।  यस अघि दुबै जना कार्यवाहक थिए। 

तेस्रो पार्टी स्थापना दिवसको उपलक्ष्यमा शनिवार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

रास्वपाले आज तेस्रो पार्टी स्थापना दिवस मनाइरहेको छ। पार्टी स्थापना गरेका सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका छन्।