समाचार

आचार्य समाजको युवा समूहको केन्द्रीय संयोजकमा रिषभ आचार्य नियुक्त

७ असार, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल युवा समूहको सभापतिमा रिषभ आचार्य चयन भएका छन् । आज बसेको आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको बैठकले रिषभलाई युवा समूहको सभापतिमा चयन गरेको हो । 

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले आज आजीवन सदस्यसमेत रहेका रिषभ आचार्यलाई युवा समूहको केन्द्रीय संयोजकमा चयन गरेको हो । 

समाजको केन्द्रीय समितिको निर्णय पश्चात् रिषभलाई केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले युवा समूहको केन्द्रीय संयोजक नियुक्त भएको पत्रसमेत प्रदान गरेका छन् । आचार्य समाजले देशभरका ५४ जिल्लामा जिल्ला समिति निर्माण गरिसकेको अवस्था छ भने विदेश तथा स्थानीय र प्रदेशमा पनि समाजका विभिन्न समितिहरू बनेका तथा बन्ने क्रममा रहेका महासचिव शुभनराज आचार्यले  जानकारी दिए । 

समाजका अध्यक्ष बाबुराम आचार्यले टीका लगाएर स्वागत गरेसँगै युवा समूहले आचार्य समाजका केन्द्रदेखि वडा र टोलसम्मका समितिहरूलाई बलियो बनाउन मद्दत गर्ने भन्दै रिषभ आचार्यको समितिले त्यसका लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।  रिषभ आचार्य झापा घर भई हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने र समाजका लागि सकेको योगदान गर्ने बताउँछन् ।