७ असार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो पार्टी स्थापना दिवस मनाएको छ। आज माइतीघर मण्डलामा पार्टीका नेता कार्यकर्ताले विविध कार्यक्रम गरेर उत्सव मनाएका हुन।
कार्यक्रम पछि रास्वपाका सांसदहरू हिँडेर संसद् भवन गएका छन्। कार्यक्रममा उपस्थित भएका सांसदहरू आज बस्ने प्रतिनिधि सभाको बैठकमा भाग लिन पैदल गएका हुन्।
रास्वपाले संसद् बैठक अवरोध गर्दै आएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएकाको र छानबिनको लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग राख्दै गत जेठ १३ गते देखि संसद्मा आफ्नो दलको तर्फबाट विरोध गर्दै आएको छ।