राजनीति

संसद्मा रास्वपा र राप्रपाको विरोध आज पनि कायम,  गृहमन्त्रीको राजीनामा मुख्य माग 

७ असार, काठमाडौँ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसद् बैठक अवरोध गरेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा र  संसदीय छानबिन समिति गठनको माग राखेर जेठ १३ गते देखि अवरोधमा गरिरहेका हुन्। 

 बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको र यस विषयमा छानबिन समिति गठन नभए सम्म आफ्नो पार्टीको विरोध रहिरहने बताइ। 

राप्रपाले पनि रास्वपाले जस्तै सदन अवरोध गर्दै आएको छ। गृहमन्त्रीको राजीनामा उक्त दलको पनि माग रहेको सांसद  रोशन कार्कीले बताइन।