७ असार, काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रियसभाका सांसद कमला पन्तकी सासूआमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । मिठु आचार्यको यही असार ६ गते भएको निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । देशको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी आचार्यको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।