समाचार

‘प्रतिपक्षको कुरा सुन्यौ सत्तापक्षको दम्भ सुन्दैनौ’ भन्दै दुई घण्टा उभिएर बाहिरियो रास्वपा

७ असार, काठमाडौँ।  लगातार संसद् अवरोधमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सत्ता पक्षका सांसदहरू बोल्न थालेपछि बैठक स्थलबाट बाहिरिएका छन्।  दुई घण्टा भन्दा बढी समय उभिएर विरोध गरेका रास्वपा सांसदहरू प्रतिपक्षका सांसदहरू बोलिरहँदा उभिएर सुनेका थिए। 

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ भने उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गरेको छ। 

संसद् हलबाट बाहिरिएका रास्वपा सांसदहरूले दुई तिहाइको दम्भ बोकेको सत्ता पक्षको कुरा नसुन्ने भन्दै बाहिरिएको बताएका छन्।