८ असार, काठमाडौं। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध जारी राखेका छन्।
प्रतिनिधिसभा बैठक सुरु हुन साथ रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका हुन्।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरिरहे।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन् । छनबिन समिति गठन नहुँदा सम्म संसद बैठक चल्न नदिनेद भन्दै अवरोध र बहिस्कार गर्दै आएका हुन्।