समाचार

‘देशका ७२ जिल्ला विदेशीलाई लिजमा दिऊँ’ भन्ने सांसद सिंहको भनाइप्रति सत्तापक्षको आपत्ति 

८ असार, काठमाडौँ।  प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहको भनाइलाई लिएर विवाद भएको छ।  उनले  बजेट माथिको छलफलमा भाग लिँदै नेपालका ५ जिल्ला बाहेकका अन्य ७२ वटा जिल्लालाई अन्य देशलाई लिजमा दिनुपर्ने भनेपछि विवाद बढेको हो । 

उनको उक्त अभिव्यक्ति पछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले सांसद सिंहको भनाइ रेकर्ड बाट हटाउन र उनलाई कारबाहीको प्रक्रिया अगाडी बढाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए।  उनले सांसद सिंहको भनाइ देशद्रोही अभिव्यक्ति भएको भन्दै आपत्ति जनाएका थिए। 

सिंहले पाँच वटा शीर्ष नेताको जिल्ला बाहेक अन्य जिल्लामा बजेट जान्दैन भने कुनै जिल्ला भातलाई कुनै जिल्ला चीनलाई र कुनै अमेरिकालाई लिजमा दिऊँ भन्दै कटाक्ष गरेका थिए। लगत्तै सभामुख घिमिरेले सांसद सिंहको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।