ब्रेकिङ न्युज

संसद् बैठक बहिस्कार गर्दै बाहिरिए रास्वपा सांसद

७ असार, काठमाडौँ। संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सत्ता पक्षका सांसदहरू बोल्न थालेपछि संसद् बैठक बहिस्कार गरेका छन्। 

आजको बैठकमा केही समय उभिएर विरोध गरिरहेका उनीहरू सत्ता पक्षका सांसदले बोल्ने बित्तिकै बैठक छाडेर बाहिरिएका हुन्।  सांसदहरूले बजेटमाथि विपक्षी दलका सांसदले धारणा राख्दा मौन भएर सुनेका थिए भने सत्ता पक्षमा सांसदहरूको बोल्न पालो आएपछि बहिस्कार गरेका हुन्।  

सत्ता पक्षका सांसद अर्जुननरसिंह केसीले बोल्न सुरु गर्ने बित्तिकै उनीहरू बाहिरिएका हुन्।